Menu Close

ज्याँ पाल सार्त्र (बीसौँ शताब्दीका महान् विचारक तथा साहित्यकार)

  • भुँडीपुराण प्रकाशनको “ज्याँ पाल सार्त्र” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।
  • सार्त्रको यो सिद्धान्त कि मानिसले आ–आफ्नो जगत्‌को निर्माण स्वयं गर्दछ, मार्क्सवादका लागि ज्यादै ठूलो अनुदान हो, किन कि यदि मानवीय वास्तविकतालाई हामी स्वतन्त्रताको दृष्टिकोण बुझ्दछौँ, त्यतिखेर यो पनि सोच्न सक्दछौँ कि बेग्लै रहेको श्रमको महत्त्व खत्तम हुन सक्दछ तथा साम्यवादको स्थापना हुन सक्दछ । अन्तमा जहाँ सात्र्र समाजको व्यक्तिमाथिको प्रभावलाई घटाएर हेर्दछन्, त्यहीँ कमसेकम केही हदसम्म व्यक्तिको सत्तात्मक रूपलाई जगत्‌सँग जोड्नमा सफल पनि हुन्छन्‌ । जब कि मार्क्सवाद तथा अस्तित्ववादको वास्तविक मिलन दुई शताब्दीको तितो वादविवादपछि नै सम्भव भयो । मार्क्सवाद र अस्तित्ववादमा दुवै विचारधाराले चिन्तनभन्दा माथि मानव जीवनको प्राथमिकतालाई स्थापित गर्न सक्यो ।