Menu Close

झ्यालबाट विश्व चियाउँदै (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “झ्यालबाट विश्व चियाउँदै” विमल भौकाजीद्वारा सम्पादन गरिएको कथासङ्ग्रह हो ।
  • सम्पादकका शब्दमा, “वास्तवमा यो पुस्तकको परिकल्पना आजभन्दा पाँच वर्षअघि नै गरिएको हो, त्यसका लागि त्यतिखेरैदेखि काम पनि मैले शुरू गरेकै हुँ । र, शुरू गर्दा ‘कलेक्शन’ होइन ‘सेलेक्शन’को आधारशीला तयार गर्नु मेरो पहिलो सोच थियो । त्यसअनुसार ४९ जना कथाकारहरूका कथा समाविष्ट यो सङ्ग्रह तयार भएको छ । यहीँनिर, एउटा नभनी नहुने सत्य के हो भने कतिपय कथाकारहरूका कथालाई सम्पादकीय हैसियतले मैले यसमा संलग्न गरेको छुइनँ । व्यक्तिगत रूपले यसमा मेरो कुनै पूर्वाग्रह नरहेको स्पष्ट गर्दछु ।”