Menu Close

माधव घिमिरेका खण्डकाव्यको वैशिष्ट्‌य (समालोचना)

  • भुँडीपुराण प्रकाशनको “माधव घिमिरेका खण्डकाव्यको वैशिष्ट्य” डा. रजनी ढकालद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।
  • यस कृतिमा नेपाली साहित्यका प्रतिभाशाली कवि माधव घिमिरेका खण्डकाव्यको अध्ययन र विश्लेषणका माध्यमबाट उनको काव्यगत वैशिष्ट्यको खोजी गरिएको छ र यस खोजीमा उहाँले आफ्नो क्षमतालाई प्रस्तुत पनि गर्नुभएको छ ।
  • घिमिरेका खण्डकाव्यका विशेषताका खोजीका क्रममा उहाँले यसमा उनको खण्डकाव्य यात्रा र खण्डकाव्यका बारेका मौलिक दृष्टिसमेत दिनसक्नु भएको छ । यही मौलिक पक्षका कारण यो कृति अनुसन्धानमा आधारित समालोचनात्मक कृति बन्न पुगेको छ ।