Menu Close

अनुसन्धान पद्धति

  • भुँडीपुराण प्रकाशनको “अनुसन्धान पद्धति” डा. शालिकराम पौड्याल र डा. प्रेमप्रसाद तिवारीद्वारा तयार पारिएको पुस्तक हो ।
  • लेखकहरूका शब्दमा, “अनुसन्धानको अध्ययनीय क्षेत्र अत्यन्त विस्तृत छ । यस्तो व्यापक विषयका सबै पक्ष एउटै पुस्तकमा समावेश भएको छ भन्नु धृष्टता पनि बन्न सक्छ । सकेसम्म धेरै अनुसन्धानसँग सम्बन्धित विषय समावेश गरिएकाले अनुसन्धान कार्यमा सक्रिय रहेका सबै अनुसन्धाताले यस पुस्तकबाट यथेष्ट ज्ञान पाउने छन् । यो पुस्तक तयार पार्ने क्रममा स्वदेशी तथा विदेशी लेखकका पुस्तकलाई आधार बनाइएको छ । विदेशी लेखकद्वारा लेखिएका पुस्तकको अध्ययनपश्चात् नेपाली विद्वान्द्वारा लिखित पुस्तकमा उल्लिखित अनुसन्धानकै ढाँचामा विषयलाई व्यवस्थित गरिएको छ ।”