भुँडीपुराण प्रकाशनको “गोरखाली गुराँस” सुशीला ढकाल अधिकारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
तुलसी दिवसका शब्दमा, “‘गोरखाली गुराँस’भित्रका कविताहरू पढ्दा र सुन्दा आफ्नो जीवन भोगाइका सूक्ष्म मानवीय संवेदना र अनुभूतिलाई कवयित्रीले इमानदारीपूर्वक अभिव्यक्त गरेको देखिन्छ ।”
डा. शैलेन्दुप्रकाश नेपालका शब्दमा, “सुशीलाका कविताहरूले भावनात्मक मिठास वा तृप्ति पर्याप्त दिने प्रयत्न गरेका छन्, कलात्मक परिष्कारको सङ्केत पनि छ । … विषयवस्तुगत व्यापकता, भावगत अनेकता र शैलीगत मनोहारिता ‘गोरखाली गुराँस’का प्राप्ति हुन् ।”