Menu Close

हतकडी (कवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “हतकडी” राजु ढकालद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • समाविष्ट ५१ वटा कविताहरू एकै बसाइँ र एउटै झड्कामा तयार भएका होइनन् । लेखकका मस्तिष्कमा जताबाट हुरी चल्यो उतैबाट उडेर आए । जता पुगेर आँधीको शक्ति र वेग क्षण भयो त्यहीँ पुगेर ठोकिए, रोकिए अनि भावनाको मझेरीमा सप्तरङ्क बनेर असरल्ल पोखिन पुगे । जीवन भोगाइअन्तर्गतका सवालमा विभिन्न कुहिनेटाहरूमा बाटो फेर्ने परिस्थिति आइपर्दा जोतिएर, ठोकिएर अनि कतिपय अवस्थामा घोत्लिएर रहेको मस्तिष्क र अन्तर्हृदयको कुनाबाट सुखद र वियोगान्त दुवै क्षणअनुसार मस्तिष्कमा झङ्कृत हुँदै कापीका पन्नाहरूमा रंगीन सपनाझैँ चम्किन थाले । अनि तिनै छरपस्ट मोतिदानाहरूलाई एक–एक गरी जम्मा गर्दै मालाको रूपमा संयोजन गरी सुवासिलो बनाउने प्रयत्न प्रकाशित कृतिको रूपमा प्रस्तुत गरिएको छ ।
  • प्रस्तुत कविताहरू अलग–अलग प्रकृति र परिवेशका भए तापनि सबैको एकमुस्ट रूपमा हतकडी नामकरण गरिएको छ ।