Menu Close

लघुकथा समालोचना

  • भुँडीपुराण प्रकाशनको “लघुकथा समालोचना” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
  • समालोचना गर्नु भनेको स्रष्टा र सिर्जनाको सम्मान गर्नु हो । समालोचनाले स्रष्टालाई सम्मान गर्छ, प्रोत्साहन गर्छ, र कमजोरी औँल्याएर परिष्कृत हुने अवसर प्रदान गर्छ । समालोचना सिर्जनाको अनुगामी भए पनि यसले स्रष्टालाई अगाडि बढ्न मार्ग निर्देश पनि गर्दछ ।
  • नेपालीमा सिर्जनाका तुलनामा लघुकथाको समालोचना नितान्त कम भएको छ । पर्याप्त समालोचना नभई सिर्जना सहज रुपमा फस्टाउन सक्दैन । त्यसैले लघुकथाको समालोचनामा कलम चलाउनु परेको हो ।
  • समालोचनाका अनेक प्रकार र पद्धति प्रचलित छन् । यहाँ छानिएका एक एक लघुकथाको विधाताइिभ्वक अध्ययन गरिएको छ । यो लघुकथाको अध्ययन गर्ने एउटा पद्धति वा मोडालिटी मात्र हो ।