Menu Close

घामको यात्रा (हाइकु, सिद्धान्त र सिर्जना)

  • भुँडीपुराण प्रकाशनको “घामको यात्रा” दीपक सुवेदीद्वारा तयार पारिएको पुस्तक हो ।
  • यस पुस्तकमा हाइकु र हाइकु सिद्धान्त र समालोचनाको बारेमा व्याख्या गरिएको छ ।
  • हाइकु नेपाली भाषामा जापानबाट सोझै आएको कविताको एउटा रूप हो । यो जापानी संस्कृति, परम्परा, जनमानस र सौन्दर्य चेतनामा हुर्किएको हो । जापानमा हाइकु लेखकलाई ‘हाइजिन’ भनिन्छ ।
  • हाइकुमा बिभिन्न विचारको मिश्रण पाइन्छ । हाइकुमा सबै दर्शनहरूको स्वाद समेत भेटाइन्छ । बौद्ध दर्शनको शून्यमनबाट हाइकुको धारणाको विकास भएको पाइन्छ । आत्मिक ज्ञानका रूपमा सुत्रात्मक अभिव्यक्ति दिने चेतनाबाट हाइकुको विकास र विस्तार प्रारम्भ भएको मानिन्छ । जीवन र प्रकृतिको समीकृत धारणाबाट आत्मिक सन्तोष खोज्ने काम हाइकुका प्रारम्भिक प्रयास हुन् ।