भुँडीपुराण प्रकाशनको “यात्राको लय” प्रदीप सापकोटाद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।
यात्राको रहर जहिल्यै तीव्र रूपमा मनभित्रदेखि उर्लिन्छ । तर चाहँदैमा नहुने रहेछ । यात्राका लागि धेरै कुरा मिल्नुपर्ने रहेछ । आजभन्दा झन्डै दुई दशक पहिले रेडक्रसले टनकपुरसम्म पुग्ने अवसर जुटाइदियो । जहाँ लेखक शोकमग्न बनेर दुखाइए । सशस्त्र द्वन्द्वको चपेटामा परेको हाम्रो मुलुकमा यात्रा गर्दा आमनागरिकले पाउने पीडासँग साक्षात्कार गरे । वास्तवमै बडो विषम परिस्थिति थियो । सर्वसाधारणहरू भयभीत र आतङ्कित देखिन्थे । सङ्कटकाल लागेको थियो मुलुकमा ।