भुँडीपुराण प्रकाशनको “दमित सपनाहरू” सह.प्रा. वीरेन्द्र राज लम्सालद्वारा तयार पारिएको नाटक हो ।
‘दमित सपनाहरू’ नाटकको संरचना तयार गर्दा नाटककार लम्सालले आफूले अध्ययन गरेको विजौरी वरिपरिका गाउँठाउँको जीवन कसरी बाँचेको छ ? यसैलाई नाटकीय रूपमा चित्रण गर्नुभएको छ ।
प्रायः साहित्यमा बढीभन्दा बढी प्रयोग हुने घटना समाजका निम्न वर्ग, सर्वहारा वर्ग र सामन्त वर्गका बीचको विभेद, शोषक सामन्त वर्गले शोषित वर्गमाथि गरेको अन्याय, अत्याचारमात्र होइन, बलात्कार, मृत्यु र बसेको ठाउँबाट उठीबास गराएको, घरबासविहीन भएर गाँस, बास र कपासको अभावमा मगन्ते भएको, आत्महत्या गरेको विषयमा केन्द्रित हुन्छ । ‘दमित सपनाहरू’ नाटकमा पनि माथि उल्लेख गरिएको विषयको अधिकाधिक उल्लेख भएको छ ।