भुँडीपुराण प्रकाशनको “गणतन्त्र आए पनि” डा. रमेश शुभेच्छुद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।
गणतन्त्रमा पनि असम्यक् गतिविधि गजलकार शुभेच्छुका नजरमा छन् र तिनले उनको मुटु चस्काएका छन् ।
ठुलाबडा भनिनेहरूको मैमत्तापन, नेतृत्वमा रहेका कतिपय व्यक्तिले प्रदर्शन गरेको पाखण्ड, दलहरूको ङारङुर र फुटपरस्तता, न्यायनिसाफमा देखा परेको विभेद, पैसाप्रतिको आसक्ति र भ्रष्टाचार, अवसरवादिता, नातावाद र कृपावाद, बेरोजगारी, विदेश गमन र प्रतिभा पलायन, शिक्षामा महँगो शुल्क र व्यापारीकरण, सर्वसुलभ औषधोपचारको अभाव, सामाजिक सद्भावमा खलल र परस्पर विश्वासमा सङ्कट, अमानवीय व्यवहार र मानव बेचबिखन, तस्करी, दुव्र्यसन र गुन्डागर्दी, हत्या, हिंसा र छलछाम, जालझेल र धोकाबाजी जस्ता विषय उनका गजलका विषय बनेका छन् ।