भुँडीपुराण प्रकाशनको “मार्क्सवाद र एनजीओ” हुकुमबहादुर सिंहद्वारा तयार पारिएको वैचारिक पुस्तक हो ।
पुस्तकबाट साभारः “वर्तमानमा नेपाली कम्युनिस्ट आन्दोलन साँचो अर्थमा सर्वहारावादी रहन कठीन देखिएको छ । कम्युनिस्टको नाममा अनेकौँ संसदवादी कम्युनिस्टहरूको वर्चस्व छ । तैपनि अहिले नेपाली कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक ध्रुवीकरण समुद्रको पिंधमा आएको ज्वारभाटाजस्तै भएको छ । समुद्रको पिंधमा बसेका माछालाई मात्रै थाहा हुने, अरूहरू त्यसबारे बेखबर भएजस्तै । सारतः नेपाली कम्युनिस्ट आन्दोलनमा अहिले दक्षिणपन्थी संशोधनवादी धारा नै इतिहासमै सबैभन्दा बलियो देखिएको छ । माओवादी आन्दोलनले १० वर्षसम्म जनवादी क्रान्तिका लागि सशस्त्र विद्रोह सञ्चालन त गरेको थियो । यति छिट्टै कसरी आफूलाई क्रान्तिकारी धारामा गुणात्मक रूपले फड्को हान्न असमर्थ भयो, यसबारे महान् बहसको आवश्यकता छ ।”