Menu Close

युङफ्राउ (नियात्रा)

  • भुँडीपुराण प्रकाशनको “युङफ्राउ” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा हो ।
  • स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइसओटा नियात्राहरू सङ्गृहीत युङफ्राउमा पश्चिमी साहित्य, दर्शन, कला, धर्म, संस्कृति आदिका नवीन जानकारी र समुद्रदेखि हिमालसम्मका रोचक तथा रोमाञ्चकारी यात्रावर्णन रहेका छन् ।
  • बेलायत र बेल्जियममा चौबिस वर्ष बिताइका डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् । आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको यो अठारौँ साहित्यिक कृति तथा पाँचौ नियात्रासङ्ग्रह हो ।