भुँडीपुराण प्रकाशनको “डोहोडोहो डोल्पो” रञ्जु दाहालद्वारा तयार पारिएको नियात्रा हो ।
पुस्तकबाट, “डोल्पायात्राले रञ्जुको आत्मविश्वास र अठोटलाई उजागर गरेको छ । परिस्थिति कठिन छ तर आफूले गरेको निर्णयबाट उनी पछि हट्दिनन् । अहिलेका नारी जुझारु छन् । उनी पनि सरल छिन् तर अडिग छिन् । मन कमलो छ, त्यसैले त भावुक पनि छ । शे-फोक्सुण्डोसम्मको कठिन यात्रा, धेरैजसो पदयात्रा, त्यो पनि आफूजस्तै चार साथीहरूसँगको, त्यो हिम्मत नै उनी केही विशेष हुन् भनी चिनाउन प्रशस्त छ । आफू नपुगेरै पनि आफ्नो देशको भूस्वर्ग दर्शन गर्ने गतिलो माध्यम बनेको छ- डोहोडोहो डोल्पो । अघिल्लो पुस्तकले आर्जित गरिमालाई यसले अझ उजागर गर्नेछ भन्नेमा हामी ढुक्क छौँ ।