भुँडीपुराण प्रकाशनको “शिखर यात्रा” डा. पुष्करराज भट्टद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
यस कृतिमा विषयवस्तुको विविधता पाइन्छ । लघुकथाका लागि विषयवस्तु र कथ्य उनले आफ्नो युग र सेरोफेरोबाट लिएका छन् । उनका लघुकथामा नेपाली समकालीन युगजीवन जीवन्त रुपमा अभिव्यक्त भएको छ । उनका लघुकथामा जनपक्षीय स्वर पाइन्छ । भट्टका लघुकथामा निम्न एवं निम्नमध्यम वर्गका जीवनका पीडाका अनुभूतिका साथै सामाजिक परिवर्तनको चेत प्रखर भएर आएको छ ।