Menu Close

मेरो देश

  • भुँडीपुराण प्रकाशनको “मेरो देश” डा. लेखनाथ न्यौपानेद्वारा तयार पारिएको नेपालसम्बन्धी वृहत् पुस्तक हो ।
  • सांस्कृतिक विविधता, मौलिक कलाकृति, सीप, सिर्जना एवम् प्राकृतिक र आध्यात्मिक दृष्टिले नेपाल विश्वकै अग्रपङ्क्तिमा पर्ने देश हो । यस विषयलाई सङ्‌क्षेपमै भए पनि एकत्रित गर्ने प्रयासमा लाग्नु, देशको अथाह प्राकृतिक र सांस्कृतिक धरोहरलाई ‘ब्रान्डिङ’ गरी प्रशस्त आय आर्जन गर्न सकिने सम्भावनाको सङ्‌केत गर्नु र सबै तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपालको थोरै चिनारी हुन सकोस् भन्ने सोचलाई मूर्त रुप दिने प्रयास गर्नु प्रस्तुत पुस्तकको मूल उद्देश्य हो ।