भुँडीपुराण प्रकाशनको “उदासीन रुखहरू” प्रेम प्रधानद्वारा तयार पारिएको उपन्यास हो ।
यस उपन्यासमा लेखकले मान्छेको मानसिक स्थिति, मानसिक वृत्तिहरू र वैयक्तिक आन्तरिक जीवनलाई नै बढी हेर्ने, छाम्ने, पढ्ने, दृश्यालोकन गर्ने र बुझ्ने कोसिस गरेका छन् ।
उपन्यासमा पात्र-पात्राहरूको मन र वृत्तिहरूको अध्ययन, मनोविश्लेषण र आन्तरिक जीवनको खोज मात्र होइन तर उनीहरूको जीवनका विविध पक्षहरू छाम्ने र हेर्ने कोसिस छ ।
पुस्तकमा लेखकले चारित्रिक, मानसिक र मनको चिन्ता, सत्यता, स्पन्दन र जीवनको गहन र जटिल यथार्थलाई हेर्ने र अध्ययन गर्ने कोसिस गरेका छन् ।