- भुँडीपुराण प्रकाशनको “नपुरिएका घाउहरू” जङ्ग बोगटी ‘त्रिवेणी’द्वारा तयार पारिएको उपन्यास हो ।
- पुस्तकबाट साभारः
“विकास भनेको त सकारात्मक परिवर्तनको प्रक्रिया हो । के कसैलाई काट्मार गर्नु विकास हो ? कसैलाई दबाउनु विकास हो ? कसैको जीवन बर्बाद पारिकन कसैको जीवन रंगीचंगी हुनु विकास हो ? गरिब नपाएर मर्ने अनि धनी नखाएर मर्ने विकास हो ? भाइले भाइलाई समाप्त पार्नु विकास हो ? श्रीमान्ले श्रीमतीको शरीरमा आगो लगाउनु विकास हो ? जन्म दिने आमाबुबा आफ्नै सन्तानबाट अपहेलित हुनु विकास हो ?
संघर्ष जन्मदेखि मृत्युसम्म पछ्याइरहन्छ । मान्छे एक्लै जन्मियो । एक्लै दुःख पीडासँग मुकाबिला गर्यो । अनि एक्लै मरेर गयो । आखिर सत्य कुरा नै यही रहेछ । अरू सबै मान्छेहरू आस देखाउने मात्रै रहेछन् । जिन्दगी भन्नु आसै आसमा बाँच्नुपर्दोरहेछ । के गर्ने ! मनका पीडा कसलाई सुनाउने !”