Menu Close

इतिहासको यथार्थ र वर्तमान अवस्था (२००७ सालको क्रान्तिका जीवित योद्धाको संस्मरण)

  • भुँडीपुराण प्रकाशनको “इतिहासको यथार्थ र वर्तमान अवस्था” चिन्तबहादुर बस्नेतद्वारा तयार पारिएको ऐतिहासिक संस्मरण हो ।
  • पुस्तकबाट साभारः “नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले क्रान्ति सकिएपछि श्री ५ महाराजाधिराजको दर्शन गर्नुभयो । दर्शन गर्दा ‘अब सबै काम सकियो । राणाहरूको सरकार गयो । काठमाडौँमा रहेका राणाहरूका शालिकलाई जम्मा गरेर एक ठाउँमा राख्नु बेस होला’ भनेर बिन्ती गर्दा श्री ५ बाट ‘होइन सभापति! हामीले के-कस्तो विचार राख्नुपर्छ भने जुन समयमा जसले जे-जस्तो गर्दै आएका छन्, त्यो त्यस्तै राखिदियो भने देख्नेले देख्छन् । यस्तो भएको रहेछ भन्ने थाहा हुन्छ । हामीले मात्र थाहा पाएर के हुने हो?’ हुकुम हुँदा मलाई के भयो होला? राजाहरूको यस्तो विचार हुँदोरहेछ भनेर मातृकाप्रसाद कोइराला आफैँ अचम्मको कुरा गर्नुहुन्थ्यो ।”