Menu Close

शब्द बिम्बमा रविकिरण निर्जीव

  • मध्य नेपालको लमजुङ जिल्लामा पर्ने हिमालको काखमा प्राकृतिक सुन्दरताले भरिएका धेरै गाउँहरू छन्।
  • तिनै गाउँहरू मध्येको अलैंचे गाउँमा एक मध्यम वर्गीय परिवारमा २००३ साल ज्येष्ठ २९ गते रविलाल रेग्मीको जन्म भयो।
  • रविकिरणको समग्र जीवनलाई केलाउँदा व्यक्तित्वका चार आयाम देखिन्छन्: शैक्षिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र साहित्यिक व्यक्तित्व।
  • यस कृतिभित्रका रचनाहरूलाई केलाउँदा हामी ती विविध पक्षहरूलाई स्पष्ट रूपमा देख्न सक्छौं। रविले सबैभन्दा लामो समय शिक्षण पेसामा बिताएको देखिन्छ। २०६२ सालमा अवकाश प्राप्त गर्नुभन्दा पहिले चितवन, लमजुङ, गोरखा, नुवाकोट, जुम्ला र हुम्लासमेत मिलाएर ६ जिल्लाका १६ हाईस्कुलमा शिक्षक तथा प्रधानाध्यापकका रूपमा रही २६ वर्षसम्म काम गरेको देखिन्छ।
  • रविकिरणको व्यक्तित्वका विविध पाटाहरूमध्ये सबैभन्दा उन्नत र विकसित पाटो भनेको साहित्यिक पाटो नै हो। २०२३ सालमा नै कृतिका रूपमा प्रकाशनमा आइसकेको नवजीवनको फूलबारी त्यही विराट साहित्यिक आयामको आधारशीला बनेको देखिन्छ। दोस्रो कृतिले उज्यालो प्रकाशको मुख देख्न पहिलो कृति प्रकाशनपछि लगभग दुई दशक कुर्नु परेको देखिन्छ।
  • कविता-काव्य, आख्यान, निबन्ध सबै विधामा समान रूपमा सक्रिय श्रष्टा रविको कलम कुनै एक विधातिर मात्र केन्द्रित भएको नदेखिए पनि खासमा रूचिका क्षेत्र कविता-काव्य र निबन्ध देखिन्छन्।