Menu Close

स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)

  • भुँडीपुराण प्रकाशनको “स्वास्थ्य तथा शारीरिक शिक्षा (कक्षा १२)” विष्णुमणि काफ्ले र मित्रलाल श्रेष्ठद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
  • यो पुस्तक पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित कक्षा-१२ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको नयाँ पाठ्यक्रममा पूर्ण रूपमा आधारित भएर तयार पारिएको छ।
  • यस पुस्तकले कक्षा-१२ मा स्वास्थ्य तथा शिक्षा विषयलाई विशिष्टीकरण विषयका रूपमा लिई अध्ययन गर्ने विद्यार्थीहरूमा देखापरेको उपयुक्त पाठ्यपुस्तकको अभावलाई केही हदसम्म पूरा गर्न सहयोग पुर्याउनेछ।
  • यो पुस्तक सरल नेपाली भाषामा लेखिएको हुनाले शिक्षक, विद्यार्थी सबैका लागि सजिलोसँग बुझ्नका लागि सहयोगी हुनेछ।
  • यस पाठ्यपुस्तक विद्यार्थीहरूको तह, स्तर र क्षमतालाई ध्यान पुर्याई तयार पारिएको छ।