Menu Close

तसलिमा नसरिनको “लज्जा”

  • भुँडीपुराण प्रकाशनको “लज्जा” तसलिमा नसरिनद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा नेपालीम अनुवाद गरिएको उपन्यास हो।
  • अनुवादकका आफ्नै शब्दमा:
    बहुचर्चित प्रगतिशील एवं विवादास्पद लेखिका डा. तसलिमा नसरीनको उपन्यास ‘लज्जा’को नेपाली अनुवाद मैले टुटुल गुप्ता (Nee Ray) को अंग्रेजी संस्करणबाट गरेको हुँ। तसलिमाले यो उपन्यास लेख्दा सायद उनी आफैंले पनि कल्पनासमेत गरेकी थिइनन् कि यो यति चर्चित हुन्छ भनेर। उनले यो उपन्यास लेखेर आफ्नो कर्तव्य निर्वाह मात्र गरेकी हुन् तर परिस्थितिले एकाएक यस्तो मोड लियो कि उनको उपन्यासमाथि सरकारले प्रतिबन्ध लगायो। कट्टरपन्थीहरूले उनको मृत्युको फतवा जारी गर्दै मार्नेलाई पुरस्कारको घोषणा समेत गरे। सरकारी निर्णय र कट्टरपन्थीहरूको फतावाको घोषणाबाट हौसिएका जातिवादीहरूले ढाकाको शहरीभरि प्रदर्शन गरे। त्यसपछि उनलाई आफ्नो जीवनरक्षाका लागि भूमिगत हुनुपर्यो। देश छोड्नुपर्यो तर पनि उनको साम्प्रदायिकताका विरुद्ध लड्ने अठोटलाई कसैले डगाउन सकेन। मृत्युदेखि उनी डराइनन्। उनलाई मार्ने आदेश दिने मुल्लाहरूलाई उनले चुनौती दिइरहेकी छिन्।