Menu Close

नौ डाँडापारि

  • भुँडीपुराण प्रकाशनको “नौ डाँडापारि” बिष्णु एस. राईद्वारा तयार पारिएको यात्रा निबन्ध हो।
  • पुस्तकबाट साभार:
    “‘नौ डाँडापारी’ संग्रहमा संकलित नियात्राहरुमा देखाइएको संसार निकै ठूलो र महत्त्वपूर्ण छ। आत्मसात् गरिएको जीवनबोध मार्मिक छ। अभिव्यक्त गरिएको अनुभूति प्रगाढ छ। दिइएको संदेश अनुसरणीय छ। यी नियात्रहरुसंगै तपाईं छिमेकी मुलुक भारतका विभिन्न ठाउँ पुग्नुहुन्छ र त्यहाँका मानिसको धर्म, राजनीति, संस्कृति तथा जीवन शैलीका राम्रा नराम्रा पक्षहरूको जानकारी पाउनु हुन्छ। ‘बेलायतका बाछिटा’ ले भिज्नुहुन्छ। ‘बैंककमा बरालिनु’ हुन्छ। ‘अपराजित भियतनाम’ को सौर्य देखेर चकित बन्नुहुन्छ। ‘जर्मन’ का उज्याला र अँध्यारा पक्षबाट रोमाञ्चित बन्नुहुन्छ। ‘चाइना’ को विसालता र नविनाताले छक्क पर्नुहुन्छ। ‘फिनल्याण्ड’लाई फर्केर हेर्नु हुन्छ। ‘स्विटजर्ल्याण्ड’ को सौन्दर्यपान गर्नुहुन्छ। ‘भियना’मा रमाउनुहुन्छ। ‘सिंगापुर’बाट लोभिनुहुन्छ। ‘इण्डोनेसिया’ बाट प्रेरित बन्नुहुन्छ।”