Menu Close

व्यवहारिक समालोचना संग्रह

  • भुँडीपुराण प्रकाशनको “व्यवहारिक समालोचना संग्रह” निमग्ना घिमिरेद्वारा तयार पारिएको समालोचना संग्रह हो।
  • डा. नेत्र एटमका शब्दमा “मिनारको सर्वोच्च टाकुरामा पुग्न त्यसका हरेक सीढीहरुबाट गम्भीर पाइला अघि बढाउनु आवश्यक छ। निमग्ना यस बाटोमा सुन्दर ढंगले अध्ययन, मनन र मूल्यांकनका निम्ति प्रयास गरिरहेकी छन्। समालोचनाको गहन यात्राका निम्ति समालोचक घिमिरेलाई हार्दिक बधाई छ।”
  • समालोचनाले साहित्यिक कृतिलाई पाँच प्रकारले अध्ययन गर्छ: (१) परिभाषित गरेर, (२) वर्गिकरण गरेर, (३) विश्लेषण गरेर, (४) व्याख्या गरेर, र (५) निरुपण गरेर। परिभाषित गर्दा कृतिको बिषय, शिल्प, क्षेत्र आदिको परिचय प्राप्त हुन्छ। वर्गिकरण गर्दा कृतिको विधा, धार, त्यसले स्थापित गरेको चिन्तन आदिको प्रकार छुट्टिन्छ। विश्लेषण गर्दा कृतिको सान्धर्भिक उपशीर्षकमा बाँडेर अध्ययनलाई सहज तुल्याइन्छ। व्याख्या गर्दा कृतिका साक्षहरूलाई अघि सारेर समालोचकका क्रितिप्रतिका दृष्टिकोण र सैद्धान्तिक मानदण्डहरूको उपयोगबाट निष्पन्न हुने निष्कर्षहरूलाई पाठकलाई चित्त बुझ्ने गरी विस्तारित शृंखला बन्छ। निरुपण गर्दाचाहिं परिभाषा, वर्गिकरण, विश्लेषण, व्याख्याबाट प्रकट भएका तथ्यगत आधारलाई सामान्यीकरण हुन्छ। निमग्ना घिमिरेको यस ‘व्यवहारिक समालोचना संग्रह’ शिर्षकको समालोचना संग्रहमा उपर्युक्त पाँचै पक्षलाई महत्वका साथ प्रस्तुत गरिएको छ र यिनमा निरुपित आख्यान कृतिहरुमा लेखकले गरेको साहसिक यात्रा सफल भएको छ।